शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

मंगलबार, जेठ ६ २०८२
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ४० रूपैयाँ तोकिएको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य घटेको छ। 

सोमबार तोलामा ६ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ८४ हजार ८ सय रूपैयाँमा कारोबार भएकामा मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता आइतबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको थियो।

यस्तै, यो साता लगातार दुईदिन स्थिर रहेको चाँदीको मूल्य मंगलबार भने प्रतितोला ५ रूपैयाँले घटेको छ।

महासंघका अनुसार मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ४० रूपैयाँ तोकिएको छ।

आइतबार र सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, जेठ ६ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend