शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

जेठ ७ देखि भृकुटीमण्डपमा टीभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

सोमबार, जेठ ५ २०८२
जेठ ७ देखि भृकुटीमण्डपमा टीभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर, र रेनकोट नि:शुल्क उपहारस्वरूप प्राप्त गर्नेछन्।

काठमाडौं- नेपालमा टीभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्न लागेको छ। मेला यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।

यो विशेष अवसरमा ग्राहकहरूले विभिन्न आकर्षक अफरसहित आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस सवारी घर लैजान सक्ने कम्पनीले जनाएको छ।

मेला सुरु हुनुअगावै जेठ ६ गतेसम्म नयाँ टीभीएस सवारीको प्रि-बुकिङ गर्ने ग्राहकले ५ हजार रूपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन्। यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउने कम्पनीको विश्वास छ।

मेला अवधिभर ग्राहकहरूले पुरानो सवारीको न्यूनतम मूल्यांकन ३० हजार रूपैयाँसम्मको सुनिश्चित प्राप्त गर्नेछन्। कम्पनीका अनुसार ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितासहित, मेलामा सबैभन्दा उच्च मूल्यांकनको विश्वस्तता दिइनेछ।

साथै, ग्राहकहरूले ८ हजार रूपैयाँसम्मको नगद छुट, १० हजार रूपैयाँसम्मको थप मूल्यांकन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ (नियम तथा सर्त लागु हुने)। नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर, र रेनकोट नि:शुल्क उपहारस्वरूप प्राप्त गर्नेछन्।

मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ। आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसीहल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन्।


प्रकाशित : सोमबार, जेठ ५ २०८२१७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend