काठमाडौं- टाटा ग्रीन ब्याट्रीजको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रालिले उपत्यकाबाहिर जनकपुर र बर्दिबास क्षेत्रमा पहिलोपटक आयोजना गरेको निःशुल्क ब्याट्री जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
यसै वर्षको बैशाख ३० गतेदेखि जेठ २ गतेसम्म बर्दिबासको श्रेष्ठ ट्रेडर्स, जनकपुरको बजरंग चौकस्थित स्टार जनरल सप्लायर्स, भानुचोकको श्री जानकी ट्रेडर्स र पिडारीचोकको रोशन ट्रयाक्टर पार्ट्समा नि:शुल्क ब्याट्री जाँच क्याम्प गरेको हो।
कम्पनीका अनुसार शिविर अवधिमा टू-ह्वीलर र फोर-ह्वीलर दुवै प्रकारका सवारीसाधनहरूको ब्याट्री जाँच निःशुल्क रूपमा गरिएको थियो। गाडी चालक र आगन्तुकहरूलाई ब्याट्रीसम्बन्धी जानकारी दिइएको थियो, जसले ग्राहकहरूको विश्वासमा वृद्धि गरेको कम्पनीले जनाएको छ।
दुई पाङ्ग्रेको ब्याट्री खरिदकर्तालाई टिसर्ट, पेन, नोटप्याड, टोपी, छाता, र कीरिङसहितको गिफ्ट ह्याम्पर र चार पाङ्ग्रे/इन्वर्टर ब्याट्री खरिदकर्तालाई आइरन र झोला वितरण गरिएको थियो। केवल जाँच गराउन आएका आगन्तुकहरूलाई पनि स्टेसनरी सामग्री र छुट कुपन वितरण गरिएको थियो।

कार्यक्रममा करिब ३ सयभन्दा बढी सहभागी भएका थिए। कार्यक्रमको नेतृत्व लक्ष्मी अटोकोम्पका सेल्स हेड उमेश घिमिरेले गरेका थिए।

शिविरले ग्राहक, चालक र डिलरहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै टाटा ग्रीन ब्याट्रीजको सशक्त उपस्थिति जनकपुर र बर्दिबास क्षेत्रमा स्थापित गरेको कम्पनीको भनाइ छ। कम्पनीले भविष्यमा यस्ता सेवामूलक कार्यक्रमहरू नेपालका अन्य भागहरूमा पनि सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।