शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट

सोमबार, जेठ ५ २०८२
प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय ११ शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गरिरहेको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारका सेवामा विशेष छुट पाउने भएका छन्।

बैंक, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारबीच आइतबार छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारका महाप्रबन्धक अर्बिन्द केसीले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले खानपानमा १० प्रतिशत छुट, केबलकार टिकटमा २० प्रतिशत छुट पाउने छन् भने आवास सेवामा १० प्रतिशत र केबलकार यात्रा नि:शुल्क सुविधा रहेको छ।

बैंकका अनुसार यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको छ जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्नेछ। ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण उपलब्धि रहेको बैंकको भनाइ छ।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय ११ शाखा कार्यालयहरु, २ सय ८४ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।


प्रकाशित : सोमबार, जेठ ५ २०८२१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend