शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा प्रि-बजेट अफर

सोमबार, जेठ ५ २०८२
हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा प्रि-बजेट अफर

आजदेखि सुरु भएको यो अफर जेठ १४ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।

काठमाडौं- लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारीसाधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ। आजदेखि सुरु भएको यो अफर जेठ १४ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।

नेपाली उपभोक्ताहरुबीच विद्युतीय सवारीसाधनको पहुँच बढाउन सुरु गरिएको यो अफर हुन्डाई कोना इलेक्ट्रिक, आईओएनआईक्यू ५ र केटा ईभीमा लागु गरिएको कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत, नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आईओएनआईक्यू ५ र क्रेटा ईभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउन सक्नेछन्। प्रि-बजेट छुट योजनाको मुख्य विशेषताहरूमा निःशुल्क बीमा रहेको छ जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई ईभीको लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्नेछन्।

साथै, यस अफरमा ग्राहकहरूले सडक करसमेत निःशुल्क पाउने छन्। यसका साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारीसाधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउने कम्पनीको भनाइ छ।

ईभी गाडीका पारखीहरुका लागि प्रत्येक मोडेलमा विशेष अफरहरूको बारेमा थप जान्न र आफ्नो मनपर्ने हुन्डाई इलेक्ट्रिक गाडी बुक गर्न आफ्नो नजिकको हुन्डाई शोरुममा जान कम्पनीले आग्रह गरेको छ।

लक्ष्मी हुन्डाईले रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गरेर ईभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ, जसमा हाल देशभरका विभिन्न स्थानहरूमा डीसी र एसी दुवै प्रकारका ६६ सक्रिय चार्जर स्टेसन रहेका छन्।

साथै, ग्राहकहरूलाई विश्वसनीय सेवा, पार्टपुर्जा उपलब्धता र बिक्रीपछिको सेवा सुनिश्चितता कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, जेठ ५ २०८२११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend