शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा आकर्षक अफर

सोमबार, जेठ ५ २०८२
कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा आकर्षक अफर

कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार २ लाख रूपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ।

काठमाडौं- कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुनेगरी 'सुरक्षासँगै क्यासब्याक, कनेक्ट आईपीएसको साथ' अफर सार्वजनिक भएको छ। जेठ ४ देखि सुरु भएको यो अफर साउन ३१ गतेसम्म लागु हुनेछ।

कनेक्ट आईपीएसको यस अफरअन्तर्गत कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले १ हजार रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने हरेक महिना एकजना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको रकम बराबर वा अधिकतम २० हजार रूपैयाँसम्म रकम फिर्ता पाउन सक्नेछन्।

लक्की ड्रमार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हप्ता सकिएपश्चात तथा मासिक १ जना भाग्यशाली विजेताको जानकारी महिना सकिएपछि कनेक्ट आईपीएसको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने छ।

कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवेमार्फत गरिएको लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा उक्त अफर लागु हुनेछ। उक्त प्रणालीमार्फत सबै लाइफ र केही माइक्रोलाइफ गरी १७ वटा कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ।

बैंकका ग्राहकहरुका लागि एकै प्लाटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ति अत्याधिक प्रयोग हुने एक सजिलो माध्यमको रुपमा कनेक्ट आईपीएसको विस्तार हुँदै आएको कम्पनीले जनाएको छ।

कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार २ लाख रूपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ। यसमार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फि, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार, नेपालपे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ। 


प्रकाशित : सोमबार, जेठ ५ २०८२११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend