शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तोलामा ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको लगातार स्थिर

सोमबार, जेठ ५ २०८२
तोलामा ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको लगातार स्थिर

सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८ सय रूपैयाँ तोकिएको छ।

काठमाडौं- यो साता आइतबार तोलामा ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ६ सय रूपैयाँले वृद्धि भएको छ। सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८ सय रूपैयाँ तोकिएको छ।

आइतबार सुन प्रतितोला एक लाख ८४ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने लगातार दोस्रो दिन पनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार प्रतितोला एक हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, जेठ ५ २०८२११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend