काठमाडौं- यो साता आइतबार तोलामा ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ६ सय रूपैयाँले वृद्धि भएको छ। सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८ सय रूपैयाँ तोकिएको छ।
आइतबार सुन प्रतितोला एक लाख ८४ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने लगातार दोस्रो दिन पनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार प्रतितोला एक हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।