शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ग्राहकहरूको बढी मागपछि प्रि-बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ५ २०८२
ग्राहकहरूको बढी मागपछि प्रि-बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता विशेष सुविधाहरू पाउनेछन्।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राखि प्रि-बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन थप गरेको छ। 

अब टाटा मोटर्सको प्रि बजेट एक्सचेन्ज जेठ ७ गतेसम्म हुने भएको छ। यो अभियान सफलतापूर्वक सञ्चालन हुँदै आएको छ र ग्राहकहरूले यसबाट ठूलो फाइदा लिइरहेको कम्पनीले जनाएको छ। 

यस मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ विद्युतीय गाडी साट्न सक्नेछन्। यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता विशेष सुविधाहरू पाउनेछन्। 

साथै ८० प्रतिशतसम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ। जसले विद्युतीय गाडी खरिद गर्ने प्रक्रिया अझै सजिलो बनाउँछ। यो अफर टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा लागु हुनेछ।

अतिरिक्त रूपमा ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधा पाउनेछन्। इच्छुक ग्राहकहरूले देशभर रहेका सिप्रदीको आधिकारिक शोरुममा गइ मेलाको अवलोकन गर्न तथा विद्युतीय गाडीहरूको टेस्ट ड्राइभ गर्न सक्नेछन्।

सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साह र समर्थनलाई धन्यवाद दिँदै यो अभियान थप व्यापक बनाएको छ। यसैले विद्युतीय गाडीमा स्विच गर्न चाहनेहरूले यो अवसर नछुटाउन आग्रह गरिएको छ।


प्रकाशित : सोमबार, जेठ ५ २०८२१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend