शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

ग्राहकहरूको बढी मागपछि प्रि-बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ५ २०८२
images
images
ग्राहकहरूको बढी मागपछि प्रि-बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता विशेष सुविधाहरू पाउनेछन्।

images
images

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राखि प्रि-बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन थप गरेको छ। 

images
images
images

अब टाटा मोटर्सको प्रि बजेट एक्सचेन्ज जेठ ७ गतेसम्म हुने भएको छ। यो अभियान सफलतापूर्वक सञ्चालन हुँदै आएको छ र ग्राहकहरूले यसबाट ठूलो फाइदा लिइरहेको कम्पनीले जनाएको छ। 

images
images

यस मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ विद्युतीय गाडी साट्न सक्नेछन्। यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता विशेष सुविधाहरू पाउनेछन्। 

images
images
images

साथै ८० प्रतिशतसम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ। जसले विद्युतीय गाडी खरिद गर्ने प्रक्रिया अझै सजिलो बनाउँछ। यो अफर टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा लागु हुनेछ।

अतिरिक्त रूपमा ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधा पाउनेछन्। इच्छुक ग्राहकहरूले देशभर रहेका सिप्रदीको आधिकारिक शोरुममा गइ मेलाको अवलोकन गर्न तथा विद्युतीय गाडीहरूको टेस्ट ड्राइभ गर्न सक्नेछन्।

सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साह र समर्थनलाई धन्यवाद दिँदै यो अभियान थप व्यापक बनाएको छ। यसैले विद्युतीय गाडीमा स्विच गर्न चाहनेहरूले यो अवसर नछुटाउन आग्रह गरिएको छ।


प्रकाशित : सोमबार, जेठ ५ २०८२१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend