शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ग्लोबल आईएमई बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा १५ प्रतिशतसम्म छुट

आइतबार, जेठ ४ २०८२
ग्लोबल आईएमई बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा १५ प्रतिशतसम्म छुट

आई सेन्टरले बैंकका ग्राहकहरुलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरद्वारा शिफारिस चश्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले चाबहिल चुच्चेपाटीस्थित तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्।

बैंक र आई सेन्टरबीच भएको छुटसम्बन्धी समझदारीमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ।

आई सेन्टरले बैंकका ग्राहकहरुलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरद्वारा शिफारिस चश्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ। 

ग्लोबल आईएमई बैंकका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरे।

यसैगरी, यस साझेदारीपश्चात् ग्लोबल आईएमई बैंकका ग्राहकहरुले एउटै छानामुनि आँखासम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवा सुविधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पन्तले बताए। पन्तले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने आई सेन्टरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर लावान्भित गर्दै आएको छ।


प्रकाशित : आइतबार, जेठ ४ २०८२१७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend