शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

स्काइवेल एक्सचेन्ज अफर : एक जोडिलाई युरोप भ्रमणको अवसर, अरु के-के पाइन्छ?

शनिबार, जेठ ३ २०८२
स्काइवेल एक्सचेन्ज अफर : एक जोडिलाई युरोप भ्रमणको अवसर, अरु के-के पाइन्छ?

प्री-बजेट अफरको एक विशेष अफरको रुपमा कम्पनीले बजेटले मूल्यवृद्धी हुनु अगावै लक्जरी, प्रिमियम ईभी र रियल एसयूभीमा अपग्रेड हुने सुनौलो मौकाको रुपमा कम्पनीले नक्साल-काठमाडौं, राधेराधे-भक्तपुर, इटहरी-सुनसरी, विराटनगर, पोखरा र चितवनका सबै शोरुममा अफर प्राप्त हुने जनाएको छ।

काठमाडौं- जी मोटर्स प्रालि स्काइवेलका विद्युतीय सवारिको आधिकारिक बितरकले ‘स्काइवेल एक्सचेन्ज अफर’ अपग्रेड टु स्काईवेल-ड्राईभ लक्जरी ईभी एसयूभी’ सार्वजनिक गरेको छ। 

प्री-बजेट अफरको एक विशेष अफरको रुपमा कम्पनीले बजेटले मूल्यवृद्धि हुनु अगावै लक्जरी, प्रिमियम ईभी र रियल एसयूभीमा अपग्रेड हुने सुनौलो मौकाको रुपमा कम्पनीले नक्साल-काठमाडौं, राधेराधे-भक्तपुर, इटहरी-सुनसरी, विराटनगर, पोखरा र चितवनका सबै शोरुममा अफर प्राप्त हुने जनाएको छ।

साथै उक्त अवसरमा हरेक स्काइवेल खरिदमा एक जोडीले युरोप भ्रमण गर्न पाउनुका साथै स्पेसल छुट र एक्सचेन्ज अफरमा विशेष बोनससमेत प्राप्त गर्छन्। ऋण सुविधाका लागि २० डाउनपेमेन्ट दिएर फाइनान्स पनी सुविधा रहेको प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी दिए।

एक्सचेन्ज अफर आजबाट सुरु भएर जेठ ५ गतेसम्म चल्नेछ। हाल नेपालमा १४० वटाभन्दा बढी स्काइवेलका ईटी५- ६२० किमि प्रिमियम विद्युतीय एसयूभी बिक्री-वितरण भइसकेका छन्। आजबाट सुरु भएको अफरमा ७ वटा बुकिङ भएको कम्पनीले जनाएको छ।

ईटी५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमि रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका लागी उपलब्ध रहेका छन्। नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भूभागमा सहजै यात्रा गर्न सकिन्छ।

स्काइवेल ६५ भन्दा बढी देशहरुमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।


प्रकाशित : शनिबार, जेठ ३ २०८२१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend