शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा निःशुल्क पहुँच

शुक्रबार, जेठ २ २०८२
एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा निःशुल्क पहुँच

फ्ल्याश सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चारवटा प्याकहरु समावेश रहेका छन्।

काठमाडौं- एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ। यो अफर शनिबार (जेठ ३) बाट सुरु भइ हरेक शनिबार जेठ ३१ गतेसम्म सञ्चालनमा रहने छ।

शनिबारका दिनमात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकहरुले विभिन्न चार वटा प्याकहरु किन्दा बिनाकुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राग वा अनलिमिटेड युट्युब पाउँछन्। सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ सेवा भने उपलब्ध हुने छैन।

फ्ल्याश सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चारवटा प्याकहरु समावेश रहेका छन्। यस अफरअन्तर्गत ग्राहकले करसहित १ सय ५० रूपैयाँमा डबल मज्जा प्याक लिँदा ७ दिन समयावधि रहेको ७ जीबी डेटा पाउँछन्। यसबाहेक एकदिन अर्थात २४ घण्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउने सुविधा पाउँछन्।

त्यसैगरी करसहित २ सय ९९ रूपैयाँ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घण्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन्।

ग्राहकले औधी रुचाएका दुई होम एन्ड अवे रिन्यूअल प्याकहरु पनि यो अफरमा समावेश छन्। ५ सय ९९ रूपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घण्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन्। अर्को ७ सय ९९ रूपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधि रहेको ६५ जीबी पाउँछन् र साथै २४ घण्टाका लागि युट्युबमा अनलिमिटेड पहुँच पाउँछन्।

यो फ्ल्याश सेल्स अफरले ग्राहकहरूलाई सुलभ दरमा डिजिटल अनुभव प्रदान गर्ने एनसेलको निरन्तरको प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। डेटा सेवाको माग र सामाजिक सञ्जालको प्रयोग बढिरहेको अवस्थामा अनलिमिटेड सोसल मिडिया चलाउन सकिने सुविधासहित आउने यी प्याकहरूले ग्राहकहरुलाई थप फाइदा प्रदान गर्दछ। रासस


प्रकाशित : शुक्रबार, जेठ २ २०८२१७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend