शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’, चीन जाने अवसरसहित यस्ता छन् सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २ २०८२
ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’, चीन जाने अवसरसहित यस्ता छन् सुविधा

यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागु हुनुअघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको कम्पनीले जनाएको छ।

काठमाडौं- नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ योजना सार्वजनिक गरेको छ। यो योजना जेठ ४ गते आइतबारदेखि १० गतेसम्म ‘ओमोडा इ-फाइभ’ र ‘जेइको जेसिक्स’ मोडलहरूमा लागु हुनेछ। 

यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागु हुनुअघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको कम्पनीले जनाएको छ।

‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ अन्तर्गत ग्राहकहरूले विभिन्न फाइदाहरूको मज्जा लिन सक्नेछन्। जसमा नि:शुल्क १ वर्षको बीमा, एउटा नि:शुल्क ७ किलोवाटको चार्जर, र ब्याट्री तथा मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किमिको वारेन्टि समावेस रहेको छ। ८० प्रतिशत फाइनान्सिङसहित ५५ लाख ९९ हजार रुपैयाँबाट सुरू हुने गाडीहरूको डेलिभरि जेठ १७ अघि नै निश्चित गर्ने ग्राहकहरूको लागि उत्साहजनक पुरस्कारहरूको व्यवस्था गरिएको छ।

जसअनुसार गाडी डेलिभरि गरिएकाहरूमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन् भने एकजनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन्। त्यसैगरी ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन्। साथै दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन्।

नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ८० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ। यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको हो। यो योजनाले विद्युतीय गाडीहरूमा प्रारम्भिक लागत बढ्नुअघि नै विशेष लाभहरूसहित गाडी खरिद वा अपग्रेड गर्ने सुनौलो अवसर प्रदान गर्न लागिएको कम्पनीको भनाइ छ।

एसपीजी अटोमोबाइल्स नेपाली अटोमोबाइल बजारमा नवीन र दिगो गतिशीलताका समाधानहरू प्रदान गर्न प्रतिबद्ध छ। भविष्यको लागि अटल दृष्टिकोणका साथ ओमोडा एन्ड जेइकोले ग्राहकहरूलाई उत्कृष्ट मूल्य र प्रिमियम अनुभवसँगै अत्याधुनिक विद्युतीय गाडीहरू उपलब्ध गराउन तत्पर रहेको छ।

एसपीजी अटोमोबाइल्स विद्युतीय गाडी रुचाउने तथा खरिद र अपग्रेड गर्न चाहने सम्पूर्णलाई नजिकैको ओमोडा एन्ड जेइको सोरुम भ्रमण गर्न र सीमित समयको लागि लागु हुने अफरहरूको लाभ लिन आह्वान गर्दछ।


प्रकाशित : शुक्रबार, जेठ २ २०८२१०:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend