शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

पुँजीवादी अर्थव्यवस्थासँग जोडिएका विषयलाई प्राथमिकता दिनुपर्छ : सांसद माधव सापकोटा

images
बिहीबार , जेठ १ २०८२
images
पुँजीवादी अर्थव्यवस्थासँग जोडिएका विषयलाई प्राथमिकता दिनुपर्छ : सांसद माधव सापकोटा

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धबारे (कर प्रस्तावबाहेक) को छलफलका क्रममा सांसद सापकोटाले उक्त्त कुरा बताएका हुन्।

images
images

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सिद्धान्त र प्राथमिकतामा सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धबारे (कर प्रस्तावबाहेक) को छलफलका क्रममा सांसद सापकोटाले उक्त्त कुरा बताएका हुन्। 

images
images
images

समाजवादी अर्थव्यवस्था निर्माण गर्न त्यसका आधारशिला निर्माण र भुरण निर्माण गर्ने दिशातर्फ राज्य  प्रणाली जान नसकेको उनकाे टिप्पणी छ।

images
images

साथै प्रि-बजेट छलफलमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य र ध्ययेसँगै सामाजिक न्यायको सिद्धान्तलाई बलियो रुपमा अघि बढ्न प्रभावकारी र ठोस कुरा नआएको सांसद सापकोटाले बताए।

images
images

‘सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायलाई समन्यायिक ढंगले राज्यका सबै क्षेत्रमा समावेश गरेर लैजाने र त्यसअनुसार न्याय स्थापित गर्ने भनेका छौँ’, सांसद सापकोटाले भने, ‘पुँजीवादी अर्थतन्त्र व्यवस्थासँग जोडिएका कयौँ विषयले मात्र बढी प्राथमिकता पाएका छन।’ रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend