शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

विराटनगर महानगरपालिकाको बेरुजु  शून्य दशमलव ३२ प्रतिशत

images
बिहीबार , जेठ १ २०८२
images
विराटनगर महानगरपालिकाको बेरुजु  शून्य दशमलव ३२ प्रतिशत

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा विराटनगर महानगरको बेरुजु शून्य दशमलव ३२ प्रतिशत मात्र देखिएको हो।

images
images

विराटनगर- ६ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा विराटनगर महानगरको बेरुजु शून्य दशमलव ३२ प्रतिशत मात्र देखिएको हो।

images
images
images

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाखको लेखापरीक्षण हुँदा जम्मा दुई करोड ८ लाख ५७ हजार मात्र बेरुजु देखिएको हो। आव २०८०/८१ मा रु २१ करोड बेरुजु फछ्यौट भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीवकुमार भट्टराईले जानकारी दिए। 

images
images

उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु रहेकामा आव २०७८/७९ मा २२ करोड ९४ लाख ८१ हजार रुपैयाँ थपिएको थियो। जसमा आव २०७८/७९ मा एक अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फछ्र्यौट गरिएको थियो। 

images
images

२०७८/७९ सम्म कूल बेरुजु रु ७६ करोड ९ लाख ७२ हजार रहेकामा आव २०७९/८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो। सो आवमा २३ करोड ८३ लाख फछ्यौट गरिएको थियो। आव २०७९/८० सम्म कूल बेरुजु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आव २०८०/८१ मा रु दुई करोड ८ लाख रुपैयाँ थपिएको थियाे। 

२१ करोड फछ्र्यौट भई आव २०८०/८१ मा जम्मा ३१ करोड ४६ लाख २५ हजार रुपैयाँ बेरुजु बाँकी रहेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख भट्टराईले जानकारी दिए। गत तीन आर्थिक वर्षको महानगरको कूल बेरुजु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ थियो। महानगरको बेरुजु हरेक आव घट्दै गएको उनको भनाइ थियो।

आव २०७९/८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु रहेकामा २०८०/८१ मा दुई करोड ८ लाख रुपैयाँ मात्रै बेरुजु देखिएको छ। जुन शून्य दशमलव ३२ प्रतिशत मात्रै हो। महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफूल नेतृत्व सम्हालेदेखि बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताए। महानगरपालिकाको नेतृत्वमा आउँदा झण्डै दुई अर्ब बेरुजु रहेकामा अहिले कूल बेरुजु रकम ३१ करोडमा झार्न सफल भएको प्रमुख कोइरालाको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend