बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

images
बिहीबार , जेठ १ २०८२
images
खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका-१७ का गोपाल रानाले बताए। उनले दिनमा १० हजारदेखि १२ हजार रुपैयाँसम्मको खरबुजा बिक्री गर्दै आएका छन्।

images
images

कैलाली- कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ। हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन्।

images
images
images

गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका-१७ का गोपाल रानाले बताए। उनले दिनमा १० हजारदेखि १२ हजार रुपैयाँसम्मको खरबुजा बिक्री गर्दै आएका छन्। ‘धनगढीबाट घर टाढा छ, प्रत्येक दिन गोरुगाडामा यहाँसम्म आएर व्यापार गर्न सकिँदैन, त्यसैले एक/दुई दिन बिराएर बिक्री गर्ने गरेको छु’ उनले भने।

images
images

लामो समयदेखि खुटियाको बगरमा १० कट्ठा जमिनमा खरबुजाखेती गर्दै आउनुभएका किसान शिवुराम चौधरीले प्रत्येक दिन धनगढी पुगेर खरबुजा बिक्री गरिरहेको बताए। उनले दिनमा ४ हजारदेखि ७ हजार रुपैयाँसम्म आम्दानी हुने जानकारी दिँदै दैनिक दुई क्विन्टलसम्म बिक्री हुने गरेको बताउँछन्।

images
images

उत्पादनको सुरुमा ४० देखि ६० मा बिक्री गर्ने गरिएकामा हिजोआज प्रतिकिलो ३० रुपैयाँमा बिक्री भइरहेको छ। उत्पादन बढेपछि खरबुजाको मूल्य घटेको छ उनकाे भनाइ छ। किसानले यस वर्ष खुटिया, शिवगंगा, पथरीनदीलगायत आसपासका बगरमा व्यावसायिक खरबुजाखेती गरिरहेका छन्।

त्यस्तै, मोहना नदीबगरको जुगेडा, घुइँयाघाट, बंगरा कटान क्षेत्रमा पनि केही किसानले व्यावसायिक खरबुजाखेती गरेका छन्। नदीबगरमा थारू समुदायका व्यक्तिसहित भारतीय किसानले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आएका छन्। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend