शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बुटवल-भैरहवामा ३० भन्दा बढी क्रेटा ईभीको बुकिङ, १० वटा ग्राहकलाई हस्तान्तरण

बिहीबार , जेठ १ २०८२
बुटवल-भैरहवामा ३० भन्दा बढी क्रेटा ईभीको बुकिङ, १० वटा ग्राहकलाई हस्तान्तरण

काठमाडौं- नेपालमा हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल-भैरहवा क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

कार्यक्रममा अहिलेसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ। ग्राहकलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रुपमा स्थापित गरिसकेको कम्पनीको दाबी छ।

कम्पनीको अनुसार नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउने छ। धेरैलाई ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शंका हुने गर्छ। तर हुन्डाई नेपालले देशमै क्रेटा आईसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आईसीई, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने जनाएको छ।

साथै लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रिल्याक्स चार्जिङको नेटवर्क विस्तार गर्दैछ जसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरुमा रिल्याक्स डीसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेको छ। यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्टस र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।

नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। सोही अभियानअन्तर्गत कम्पनीले बुधबार सिद्धि विनायक मोटो कर्प प्रालि, बुटवल र जगत मोटर्स प्रालि भैरहवा (हुन्डाईको आधिकारिक डिलर) को संयुक्त आयोजनामा बोधि भिल्ला, मणिग्राममा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको हो, जहाँ क्रेटा ईभीसहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिएको थियो। 

कार्यक्रममा ग्राहकको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास उल्लेखनीय रुपमा देखिएको कम्पनीको भनाइ छ। पछिल्ला कार्यक्रमहरुको रेकर्ड तोड्दै सोही स्थानबाट क्रेटा ईभी का ३० भन्दा बढी युनिटको बुकिङ कन्फर्म गरिएको कम्पनीले जनाएको छ। जसमा कार्यक्रमस्थलबाट १० वटा क्रेटा ईभी ग्राहकहरूलाई हस्तान्तरण पनि गरिएको छ।


प्रकाशित : बिहीबार , जेठ १ २०८२१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend