काठमाडौं- एकदिनको वृद्धिपछि सुनको मूल्य नेपाली बजारमा पुन: ओरालो लागेको छ। यो साता लगातार घटेर बुधबार बढेको सुनको मूल्य बिहीबार एकैदिन ३ हजार ५ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार ८ सय रूपैयाँ तोकिएको छ।
यो साता आइतबार तोलामा तीनसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ३ हजार ७ सय रूपैयाँले घटेको थियो। मंगलबार सुनको मूल्य दुई हजार रूपैयाँले घटेको थियो भने बुधबार प्रतितोला ५ सय रूपैयाँले वृद्धि भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रूपैयाँले घटेको छ। बुधबार प्रतितोला एक हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला एक हजार ९ सय २५ रूपैयाँ तोकिएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।