शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुरु भयो टाटाको ‘प्रि-बजेट एक्सचेन्ज फेस्ट’, यस्ता छन् सेवासुविधा

बिहीबार , जेठ १ २०८२
सुरु भयो टाटाको ‘प्रि-बजेट एक्सचेन्ज फेस्ट’, यस्ता छन् सेवासुविधा

साथै, ८० प्रतिशतसम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ, जसले इलेक्ट्रिक गाडी किन्ने प्रक्रिया अझै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आजदेखि 'प्रि-बजेट एक्सचेन्ज फेस्ट' आयोजना गरेको छ। जेठ १ देखि सुरु भएको यो एक्सचेन्ज सुविधा ४ गतेसम्म हुनेछ।

ग्राहकहरूले यस मेलामा कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन्। यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज र जीवनभर निःशुल्क चार्जिङजस्ता सुविधा पाउनेछन्।

साथै, ८० प्रतिशतसम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ, जसले इलेक्ट्रिक गाडी किन्ने प्रक्रिया अझै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ। टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा यो अफर लागु हुनेछ।

अतिरिक्तरूपमा ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको जडान सुविधा पाउनेछन्। इच्छुक ग्राहकहरूले देशभरमा रहेका सिप्रदीको आधिकारिक सोरुममा गइ मेलाको अवलोकन तथा ईभी गाडीहरु टेस्ट ड्राईभ गर्न सक्ने कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , जेठ १ २०८२१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend