बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

रत्नेचौर-ज्यामरुककोट-भकिम्ली सडक कालोपत्र हुँदै

images
बिहीबार , जेठ १ २०८२
images
रत्नेचौर-ज्यामरुककोट-भकिम्ली सडक कालोपत्र हुँदै

‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको तयारी थालेको हो।

images
images

म्याग्दी- म्याग्दीकाे रत्नेचौर-ज्यामरुककोट-भकिम्ली सडक २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ। यस निम्ति आवश्यक तयारी भइरहेको छ। ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको तयारी थालेको हो।

images
images
images

सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, वर्षाको पानी निकासका निम्ति नाली बनाउनेलगायत काम धमाधम भइरहेको छ। आगामी एकदुई दिनमा कालोपत्र थालिने इञ्जिनियर अरुण सेढाईंले बताए।

images
images

सडकलाई ९ मिटर फराकिलो बनाएर ७ किलोमिटर डिबिएसडी प्रविधिमा कालोपत्र र दुई किलोमिटर आरसिसी ढलान गरिने छ। ‘ग्राभेल गर्ने, बेस बिछ्याइएको छ, अब कालोपत्रका लागि तयारी अवस्थामा छौँ’ सेढाईंले भने।

images
images

पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्म ९ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको उनकाे भनाइ छ। रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर ३०० मिटर कालोपत्र र ३०० मिटर सडक ढलान भइसकेको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend