बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

व्यावहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ : अर्थमन्त्री पौडेल

images
बुधबार, वैशाख ३१ २०८२
images
व्यावहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले विकासको ढाँचा, गति र संस्कृतिक परिवर्तन गर्नुपर्ने कुरालाई सिद्धान्त र प्राथमिकताले जोड दिएको बताए।

images
images

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएका छन्।

images
images
images

राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलमा उठेको प्रश्नको आज जवाफ दिँदै उनले बजेट कार्यान्वयनमा देखिएको बाधा हटाएर सरकार अघि बढ्ने स्पष्ट पारे।

images
images

'व्यावहारिक र वस्तुनिष्ठ बजेट निर्माण  र कार्यान्वयनको सुनिश्चितता गरिनेछ, बजेट कार्यान्वयनबाट मुलुक र आम नागरिकले प्रतिफल प्राप्त गर्छन्', उनले भने। उनले छलफलबाट प्राप्त सुझावलाई बजेट निर्माण गर्दा ख्याल गरिने प्रतिबद्धता व्यक्त गरे।

images
images

अर्थमन्त्री पौडेलले विकासको ढाँचा, गति र संस्कृतिक परिवर्तन गर्नुपर्ने कुरालाई सिद्धान्त र प्राथमिकताले जोड दिएको बताए। 'अहिलेको विकासको ढाँचा, गति र संस्कृतिले कही पुर्‍याउँदैन, अब त्यसमा परिवर्तन आवश्यक भएको अनुभूतिका आधारमा सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको छ', उनले भने।

नीति तथा कार्यक्रमसँग सिद्धान्त र प्राथमिकताको मेल खाएको र नीति कार्यक्रमलाई अनुसरण गर्दै सिद्धान्त र प्राथमिकता आएको उनको भनाइ छ। उपप्रधानमन्त्री पौडेलले सिद्धान्त र प्राथमिकताले सन्तुलित र समन्यायिक विकासलाई जोड दिएको, रोजगारी, स्वरोजगारी र गरिबी निवारणलाई महत्व दिएको बताए। रासस


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend