आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

दक्षिण कोरियामा रोजगारी वृद्धि

images
बुधबार, वैशाख ३१ २०८२
images
images
दक्षिण कोरियामा रोजगारी वृद्धि

तथ्यांक कोरियाका अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिहरूको सङ्ख्या एक लाख ९४ हजार अर्थात शून्य दशमलव सात प्रतिशतले बढेर अप्रिलमा दुई करोड ८८ लाख ८७ हजार पुगेको छ।

images
images

सियोल- दक्षिण कोरियामा रोजगारी लगातार चौथो महिनामा वृद्धि भएको छ। मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धि भएको बुधबार प्रकाशित तथ्यांकले जनाएको छ। तथ्यांक कोरियाका अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिहरूको सङ्ख्या एक लाख ९४ हजार अर्थात शून्य दशमलव सात प्रतिशतले बढेर अप्रिलमा दुई करोड ८८ लाख ८७ हजार पुगेको छ।

images
images

समग्र रोजगारी वृद्धि वृद्धवृद्धाद्वारा सञ्चालित थियो। ६० वर्ष वा सोभन्दा बढी उमेरका लागि रोजगारीको संख्या वार्षिक आधारमा अप्रिलमा तीन लाख ४० हजारले बढेको छ। ३० वर्ष उमेर समूहका लागि यो संख्या ९३ हजारले बढेको छ। १५-२९ वर्ष उमेर समूहका लागि रोजगारी एक लाख ७४ हजारले घटेको छ भने ४० र ५० वर्ष उमेर समूहका लागि रोजगारी ५१ हजार र १४ हजारले घटेको छ।

images
images

गत वर्षको सोही महिनाको तुलनामा अप्रिलमा उत्पादकहरू बीचको रोजगारी एक लाख २४ हजारले घटेको छ। यो सन् २०१९ फेब्रुअरीपछि ६ वर्षभन्दा बढीमा सबैभन्दा कम हो। लगातार १०औँ महिनामा गिरावटको प्रवृत्ति रहेको छ। निर्माण, थोक र खुद्रा उद्योगहरूमा गुमाएको रोजगारी क्रमशः एक लाख ५० हजार र तीन हजार पुगेको छ। यो लगातार १२औँ र १४औँ महिनामा घट्दै गएको छ।

images
images
images

स्वास्थ्य तथा समाज कल्याण सेवा, विज्ञान तथा प्रविधि सेवा र सूचना तथा सञ्चार क्षेत्रमा रोजगारीको संख्या दुई लाख १८ हजार, एक लाख १३ हजार र ७२ हजार पुगेको छ। अप्रिलमा बेरोजगारको सङ्ख्या ८ लाख ५४ हजार थियो। यो एक वर्ष अघिको तुलनामा ३१ हजारले कम हो। बेरोजगारी दर शून्य दशमलव एक प्रतिशतले घटेर २ दशमलव ९ प्रतिशतमा प्रतिशतमा झरेको छ। रासस


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend