बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’को निधन, सेवासुविधा त्यागेर आफ्नै घरमा बस्थे

images
बुधबार, वैशाख ३१ २०८२
images
उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’को निधन, सेवासुविधा त्यागेर आफ्नै घरमा बस्थे

मुजिकाले सन् २०१०-२०१५ को राष्ट्रपति कार्यकालमा आफ्नो धेरैजसो तलब परोपकारका लागि दान गरेका थिए।  साधारण जीवनशैली अपनाएर ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ का रूपमा प्रसिद्धि पनिन कमाएका थिए।

images
images

उरुग्वे- उरुग्वेका पूर्वराष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व-छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन मंगलबार भएको छ। ‘गहिरो दुःखका साथ हामी हाम्रा कमरेड पेपे मुजिकाको निधनको घोषणा गर्दछौँ। राष्ट्रपति, कार्यकर्ता, मार्गदर्शक र नेता। हामी तपाईँलाई धेरै याद गर्नेछौँ, पुरानो साथी’ उरुग्वेका वर्तमान राष्ट्रपति यामान्दु ओर्सीले एक्समा भने।

images
images
images

मुजिकाले सन् २०१०-२०१५ को राष्ट्रपति कार्यकालमा आफ्नो धेरैजसो तलब परोपकारका लागि दान गरेका थिए।  साधारण जीवनशैली अपनाएर ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ का रूपमा प्रसिद्धि पनिन कमाएका थिए। उनले फुटबल र गाईको मासुका लागि परिचित ३४ लाख जनसंख्या भएको उरुग्वेलाई भ्रष्टाचार र शक्तिशाली शासनले पीडित महादेशमा प्रगतिशील राजनीतिको गढमा रूपान्तरण गरे।

images
images

सन् २०२४ मे महिनामा उनलाई अन्नप्रणालीको क्यान्सर भएको पत्ता लागेको थियो। उक्त क्यान्सर पछि उनको कलेजोमा फैलियो। श्रीमती लुसिया टोपोलान्स्कीका अनुसार यस हप्ता उनले पोलिएटिभ हेरचाह प्राप्त गरिरहेका थिए। पूर्व राष्ट्रपति मुजिकाे निधनमा ल्याटिन अमेरिका र बाहिरका वामपन्थी नेताहरूबाट श्रद्धाञ्जलि व्यक्त भएका छन्।

images
images

बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेसले आफ्ना ‘भाइ’ मुजिकाको निधनबाट दुःखी भएको बताए। ‘ म सधैँ अनुभव र बुद्धिले भरिएको उनको सल्लाह सम्झन्छु’ भाइले भने। ब्राजिलको सरकारले उनलाई ‘हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मानवतावादीहरू मध्ये एक’ भनेर सम्मान गरेको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुजिकाले ‘जुन कुरामा विश्वास गरे, अभियान चलाए र बाँचे’ त्यो ‘एक राम्रो संसार’ थियो भनेका छन्। आफ्नो छोटो शासनकालमा मुजिकाले गर्भपतन र सालिंगी विवाहलाई वैधानिक बनाएका थिए। उरुग्वेलाई मनोरञ्जनात्मक गाँजाको प्रयोगलाई वैधानिक बनाउने विश्वको पहिलो देश पनि उनले नै बनाएका हुन्।

उनले क्यान्सरको निदान पाएपछि पनि वामपन्थका लागि अभियान जारी राखेका थिए। एएफपीसँगको सन् २०२४ नोभेम्बरको अन्तर्वार्तामा उनले आफ्ना राजनीतिक उत्तराधिकारी, इतिहास शिक्षक ओर्सीको राष्ट्रपति विजयलाई आफ्नो करियरको अन्त्यमा ‘पुरस्कार’ का रूपमा वर्णन गरेका थिए।

जेलबाट राजनीतिसम्म

ठाडो कुरा गर्ने, हिउँ-जस्तै सेतो कपाल भएका राजनीतिज्ञ उपभोक्ता संस्कृतिका कट्टर आलोचक थिए। राष्ट्रपतिका रूपमा मुजिकाले कार्यालयका सुविधाहरू अस्वीकार गरे। उनी आधिकारिक कार्यक्रमहरूमा चप्पल लगाएर जान्थ्ये। साथै मोन्टेभिडियोको बाहिरी क्षेत्रमा आफ्नो सानो फार्ममा निरन्तर बसिरहे। त्यहाँ उनको मूल्यवान सम्पत्ति सन् १९८७ को फोक्सवागन बिटल थियो।

सन् १९६० को दशकमा उनले माक्र्सवादी-लेनिनवादी सहरी छापामार आन्दोलन टुपामारोसको सह-स्थापना गरे। उक्त आन्दोलनले गरिबहरूलाई दिन धनीहरूबाट लुटपाट गर्न थाल्यो तर पछि यसको अभियानलाई अपहरण, बम विस्फोट र हत्याहरूमा विस्तार गर्‍यो। ती वर्षहरूमा मुजिकाले साहसिक जीवन बिताए। उनले धेरै गोलीका चोटहरू सहनुपर्‍याे र सामूहिक जेल ब्रेकआउटमा भाग लिए।

तर जब सन् १९७२ मा टुपामारोसको पतन भयो, उनलाई फेरि पक्राउ गरियो। उरुग्वेको सन् १९७३-१९८५ को तानाशाही शासनकालमा पूरै जेलमा बिताए। त्यहाँ उनलाई यातना दिइयो र वर्षौं एकान्त काराबास भोग्नुपर्‍याे। रिहा भएपछि उनी राजनीतिमा प्रवेश गरे। सन् १९८९ मा वामपन्थी ब्रोड फ्रन्ट गठबन्धनको सबैभन्दा ठूलो सदस्य मुभमेन्ट अफ पपुलार पार्टिसिपेसन (एमपिपि) को स्थापना गरे।

सन् १९९५ मा संसदमा निर्वाचित भए। सन् २००० मा सिनेटर र त्यसपछि उरुग्वेको पहिलो वामपन्थी सरकारमा कृषिमन्त्री बनेका थिए। उनले उरुग्वेको कार्यकाल सीमाअनुसार केवल ५ वर्षे कार्यकाल राष्ट्रपतिको रूपमा सेवा गरे। उनका कुनै सन्तान छैनन्। रासस


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend