काठमाडौं- केही दिनयता लगातार घटेको सुनको मूल्य बुधबार भने पुन: वृद्धि भएको छ। बुधबार सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ८५ हजार ३ सय रूपैयाँ कायम भएको छ।
मंगलबार सुन तोलामा दुई हजार रूपैयाँले घटेर प्रतितोला एक लाख ८४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
यो साता नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको थियो। आइतबारयता तीन दिनमा तोलामा ६ हजार रूपैयाँले घटेको सुनको मूल्य बुधबार भने पुन: उकालो लागेको हो।
आइतबार तोलामा तीनसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ३ हजार ७ सय रूपैयाँले घटेको थियो।
चाँदीको मूल्य भने मंगलबारको तुलनामा बुधबार प्रतितोला १० रूपैयाँले घटेको छ।
मंगलबार प्रतितोला एक हजार ९ सय ७० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ९ सय ६० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।