शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

मंगलबार, वैशाख ३० २०८२
आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

जुबाओ ईभी थ्यान चीनको एफएडब्लू जिलिन् कम्पनीद्वारा उत्पादन गरिएको एक अत्याधुनिक विद्युतीय गाडी हो।

काठमाडौं- नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स ग्रुपले भ्यान बिक्रीमा आक्रामक सुरुवात गरेको छ। कम्पनीले भित्र्याएका १४ सिटे विद्युतीय भ्यानप्रति प्रारम्भिक दिनमै व्यवसायीको आकर्षण बढेको जनाएको छ। 

नेपालको सडकको अवस्था तथा सेवाग्राहीको आवश्यकतालाई मनन गर्दै लामो समयको अध्ययन अनुसन्धानपछि जुबाओ विद्युतीय भ्यान भित्र्याएको आर्क्स ग्रुपले पहिलोपटक १८ वटा भ्यान एउटै कम्पनीलाई हस्तान्तरण गरेको छ।

आर्क्स ग्रुपले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी स्वयम्भू हारती टुर्स एण्ड ट्राभल्स प्रालिलाई १८ थान जुबाओ भ्यान हस्तान्तरण गरेको हो। स्वयम्भू हारतीले यी भ्यानहरु काठमाडौंबाट चितवन, हेटौँडा, वीरगञ्जलगायतका स्थानमा सार्वजनिक यातायातका रुपमा सञ्चालन गर्ने जनाएको छ।

जुबाओ ईभी थ्यान चीनको एफएडब्लू जिलिन् कम्पनीद्वारा उत्पादन गरिएको एक अत्याधुनिक विद्युतीय गाडी हो।  

जुबाओ विद्युतीय भ्यान विशेषगरी समूह यात्रा, सटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त रहेको जनाइएको छ।

नेपालमा पनि जुबाओ भ्यान विभिन्न सहरमा आफैं सञ्चालन गरेर यसको क्षमता हेरी किन्ने निष्कर्षमा पुगेको स्वयम्भू हारतीका सञ्चालकले बताएका छन्। यो गाडीले वातावरणमैत्री र न्यून सञ्चालन खर्चका साथ यात्रामा आरामदायक सुविधा प्रदान गर्ने तथा यो भ्यान, हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको कम्पनीको दाबी छ।

जुबाओ ईभी भ्यान नेपाली बजारमा आर्क्स ग्रुपको पूर्ण प्रतिवद्धतासाथ प्रस्तुत गरिएको र यो गाडीले यातायातको गुणस्तर सुधार गर्दै, वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ र नेपाललाई दिगो र हरित भविष्यतर्फ अघि बढाउने जनाइएको छ।

आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जुबाओ इभी भ्यान हाल ११ र १४ सिटमा उपलब्ध रहेको र नेपालको सडकको अवस्था, चार्जिङ स्टेसन तथा सेवाग्राहीको सुविधा लगायतका पक्षलाई अध्ययन गरी सुलभ मूल्यमा उपलब्ध गराइएको जानकारी दिए।

जुबाओ ईभी भ्यान काठमाडौं उपत्यकासँगै धनगढी, नेपालगन्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी र विर्तामोडमा पनि उपलब्ध हुने र यसको सर्भिसलगायत पार्ट्स ती क्षेत्रमा पनि सहजरुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend