शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

हुन्डाईद्वारा भरतपुर र चितवनमा क्रेटा ईभी सार्वजनिक, ५ क्रेटा ईभी कार्यक्रमस्थलबाटै ग्राहकलाई हस्तान्तरण

मंगलबार, वैशाख ३० २०८२
हुन्डाईद्वारा भरतपुर र चितवनमा क्रेटा ईभी सार्वजनिक, ५ क्रेटा ईभी कार्यक्रमस्थलबाटै ग्राहकलाई हस्तान्तरण

कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडीसम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए।

काठमाडौं- नेपालमा हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भरतपुर र चितवनमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ।

हुन्डाई नेपालले ग्राहकलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा उपभोक्ताहरूको मन जित्न सफल भइ आज नेपालको अग्रणी अटो ब्रान्डहरूमध्ये एक बनेको कम्पनीको दाबी छ।

कम्पनीको अनुसार नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीसम्बन्धी सोच र शंका भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको छ। धेरैलाई ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शंका हुने गरेको देखिन्छ। तर हुन्डाई नेपालले देशमै क्रेटा आईसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको जनाएको छ।

क्रेटा ईभी र आईसीई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले अब कुनै पनि समस्या नहुने कम्पनीले जनाएको छ। साथै लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई पनि अझै मजबुत बनाउन रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गर्दैछ जसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरुमा रिल्याक्स डीसी र एसी  गरी ६६ चार्जर सुचारु भइसकेको कम्पनीको भनाइ छ।

त्यसैले ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ। नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ।

सोही अभियानअन्तर्गत कम्पनीले बैशाख २९ मा हुन्डाईको आधिकारिक डिलर पिनाकल ट्रेडिङ प्रालिमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको हो। कार्यक्रमस्थलबाट ५ वटा क्रेटा ईभी ग्राहकहरूलाई हस्तान्तरण गरिएको छ। कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडीसम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए।


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend