काठमाडौं- यो साता नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ। आइतबारयता तीन दिनमा सुनको मूल्य तोलामा ६ हजार रूपैयाँले घटेको छ।
मंगलबारमात्रै सुनको मूल्यमा प्रतितोला २ हजार रूपैयाँको गिरावट आएको छ। मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो साता आइतबार तोलामा तीनसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ३ हजार ७ सय रूपैयाँले घटेको थियो। सोमबार सुन प्रतितोला एक लाख ८६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार सोमबार घटेको चाँदीको मूल्य भने मंगलबार प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ।
सोमबार प्रतितोला एक हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला एक हजार ९ सय ७० रूपैयाँ तोकिएको छ।