शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नबिल बैंकको पाँचौँ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

सोमबार, वैशाख २९ २०८२
नबिल बैंकको पाँचौँ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

बैंकका डेपुटी सीईओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन्।

काठमाडौं- नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ। बैंकका डेपुटी सीईओ भूपेन्द्र पाण्डेले आइतबार एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन्।

ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ। बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ। 

लाउञ्ज उद्घाटन गर्दै डेपुटी सीईओ पाण्डेले भने, 'नबिल बैंक ग्राहकलाई विश्वस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध छ। ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौँ। ग्राहकसँग कारोबारमा मात्रै सीमित नभइ दीर्घकालीन सम्बन्ध बनाउनेमा हामी विश्वास गर्छौँ।'

नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनरिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ।

नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभर रहेका आफ्ना २ सय ६८ शाखा र ३ सय २० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ।


प्रकाशित : सोमबार, वैशाख २९ २०८२११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend