शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा लगातार गिरावट, सोमबार प्रतितोला ३ हजार ७ सय रूपैयाँले घट्यो

सोमबार, वैशाख २९ २०८२
सुनको मूल्यमा लगातार गिरावट, सोमबार प्रतितोला ३ हजार ७ सय रूपैयाँले घट्यो

सोमबार सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- यो साता सुनको मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ। आइतबार तोलामा तीनसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ३ हजार ७ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सुनको मूल्य सोमबारका लागि प्रतितोला एक लाख ८६ हजार ८ सय रूपैयाँ तोकिएको छ।

आइतबार सुन प्रतितोला एक लाख ९० हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि सोमबार प्रतितोला १० रूपैयाँले घटेको छ। आइतबार तोलामा १० रूपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ७० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ९ सय ६० रूपैयाँ तोकिएको छ।


प्रकाशित : सोमबार, वैशाख २९ २०८२१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend