बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

९ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

images
सोमबार, वैशाख २९ २०८२
images
९ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो।अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ।

images
images

काठमाडौं-  विप्रेषण आप्रवाहमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको हो।

images
images
images

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो।अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ।

images
images

अघिल्लो वर्ष सोही प्रकृतिको आप्रवाह १५ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (ट्रान्सफर) १३ खर्ब एक अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो।

images
images

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ जना छ। रासस


प्रकाशित : सोमबार, वैशाख २९ २०८२१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend