शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

जनकपुर र बर्दिवासमा टाटाले गर्दैछ गाडीको निःशुल्क ब्याट्री जाँच शिविर सञ्चालन

आइतबार, वैशाख २८ २०८२
जनकपुर र बर्दिवासमा टाटाले गर्दैछ गाडीको निःशुल्क ब्याट्री जाँच शिविर सञ्चालन

उक्त शिविरमा ग्रहकले आफ्ना गाडीको ब्याट्री निःशुल्क जाँच गर्न पाउनेछन्।

 
काठमाडौं- ‘टाटा ग्रीन ब्याट्रीज’को नेपालका लागि आधिकारिक वितरक लक्ष्मि अटोकेम्पले उपत्यका बाहिर पहिलो पटक ब्याट्री चेकअप शिविर गर्ने भएको छ। शिविर बैशाख ३० गतेबाट सुरु हुनेछ। 

उक्त शिविरमा ग्रहकले आफ्ना गाडीको ब्याट्री निःशुल्क जाँच गर्न पाउनेछन्। साथै सहभागीहरुलाई टाटा ग्रीन ब्याट्रीज खरिद गर्दा उपयोग गर्न मिल्ने छुट कुपन तथा उपहार सामाग्रीहरु पनि वितरणगरिले कम्पनीले जनाएको छ।

लक्ष्मी अटोकपले यो शिविरबाट ग्राहकसँगको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको छ। साथै ब्याट्रीसम्बन्धी सचेतना फैलाउने उद्देश्य पनि टाटाले लिएको छ। कम्पनीले आगामी दिनमा पनि ग्राहक लक्षित यस्ता क्रार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ। 

ब्याट्री चेकअप शिविर सञ्चालन हुने स्थान र मिति 

बैशाख ३० गने श्रेष्ठ ट्रेडर्स, बर्दिवास
बैशाख ३१ गते स्टार जनरल सप्लायर्स, बजरंग चौक
जेठ १ गते जानकी ट्रेडर्स, भानु चोक
जेठ २ गते रोशन ट्रयाक्टर पाट्स, पीडारी चोक


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend