शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तोलामा तीनसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको सामान्य बढ्यो

आइतबार, वैशाख २८ २०८२
तोलामा तीनसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको सामान्य बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रूपैयाँले महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले घटेको छ। आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ५ सय रूपैयाँ तोकिएको छ।

गएको शुक्रबार सुन प्रतितोला एक लाख ९० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज प्रतितोला १० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७० रूपैयाँ तोकिएको छ।


प्रकाशित : आइतबार, वैशाख २८ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend