शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

शुक्रबार, वैशाख २६ २०८२
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभर रहेका आफ्ना २ सय ६८ शाखा र ३ सय २० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ।

काठमाडौं- नबिल बैंकले 'नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड'को योजनाको म्याद थप गरेको छ।

ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ। नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागु हुनेछ।

यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन। क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफुलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्न सक्नेछन्।

यो योजनाले आधुनिक बैंकिङलाई प्रवर्द्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त रहेको छ। 'बाइ नाउ, पे लेटर' मार्फत ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शून्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन्।

ग्राहकले नबिल बैंकको शाखामा गइ यसबारे थप जानकारी लिन तथा लाइफटाइम फ्रि क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्।

नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभर रहेका आफ्ना २ सय ६८ शाखा र ३ सय २० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ।


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२१६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend