शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

हुन्डाईद्वारा बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम

शुक्रबार, वैशाख २६ २०८२
हुन्डाईद्वारा बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम

नयाँ क्रेटा ईभीको सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको कम्पनीले जनाएको छ।

काठमाडौं- नेपालमा हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीका अनुसार भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरूबीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको छ। उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैँ ध्यान दिने हुन्डाई नेपाल आजको दिनमा सबैभन्दा सफल अटो ब्रान्डहरुमध्ये एक हो।

नयाँ क्रेटा ईभीको सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको कम्पनीले जनाएको छ। धेरै मानिसलाई ईभी लिँदा स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ। तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र ईभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नु नपर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हुन्डाईका ग्राहकहरुले ईभी होस् वा पेट्रोल गाडी, सेवा, पार्ट्स र सपोर्ट समानरुपमा पाउनेछन्। यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफै पुगिरहेको कम्पनीले यसै अभियानअन्तर्गत कम्पनीले बैशाख २५ गते बिर्तामोडको अलायन्स मोटर्समा विशेष भेटघाट कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरु, विशेष गरी क्रेटा ईभी सार्वजनिक गरिएको थियो। यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरुले हुन्डाईको टिमसँग प्रत्यक्ष कुराकानी गर्दै गाडीसम्बन्धी जानकारी र आवश्यक सहयोग प्राप्त गरेको कम्पनीको भनाइ छ।


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend