शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य तोलामा एक हजार चारसय रूपैयाँले घट्यो

शुक्रबार, वैशाख २६ २०८२
सुनको मूल्य तोलामा एक हजार चारसय रूपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- शुक्रबार सुनको मूल्य स्थानीय बजारमा प्रतितोला एक हजार चारसय रूपैयाँले घटेको छ।

बिहीबार प्रतितोला एक लाख ९२ हजार दुईसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि प्रतितोला एक लाख ९० हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ५ रूपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता बिहीबार चाँदी प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend