मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

सुनको मूल्य तोलामा एक हजार चारसय रूपैयाँले घट्यो

images
शुक्रबार, वैशाख २६ २०८२
images
images
सुनको मूल्य तोलामा एक हजार चारसय रूपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- शुक्रबार सुनको मूल्य स्थानीय बजारमा प्रतितोला एक हजार चारसय रूपैयाँले घटेको छ।

images
images
images

बिहीबार प्रतितोला एक लाख ९२ हजार दुईसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि प्रतितोला एक लाख ९० हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

चाँदीको मूल्य भने बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ५ रूपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

images
images
images

यो साता बिहीबार चाँदी प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend