शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला एक हजार ७ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार, वैशाख २४ २०८२
प्रतितोला एक हजार ७ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला एक हजार ७ सय रूपैयाँले बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ।

काठमाडौं- सुनको मूल्य बुधबार प्रतितोला एक हजार ७ सय रूपैयाँले बढेको छ। यो साता आइतबार घटेर सोमबार तोलामा पाँचसय र मंगलबार प्रतितोला ५ हजार ३ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार पनि वृद्धि भएको हो।

मंगलबार प्रतितोला एक लाख ८९ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि प्रतितोला एक लाख ९१ हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ। महासंघका अनुसार मंगलबार प्रतितोला एक हजार ९ सय ६५ रूपैयाँमा कारोबार भएको सुन बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend