शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने संकल्प लिएको छ : सांसद न्यौपाने

images
मंगलबार, वैशाख २३ २०८२
images
नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने संकल्प लिएको छ : सांसद न्यौपाने

राष्ट्रियसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन्।

images
images

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक भगवती न्यौपानेले सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने संकल्प लिएको बताएकी छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन्।

images
images
images

प्रस्तुत नीति कार्यक्रम वितगका भन्दा वैज्ञानिक, यथार्थ धरातलमा टेकेको र सान्दर्भिक रहेकाले विरोध गर्नुपर्ने कारण नरहेको उनको भनाइ छ। ‘यथास्थितिबाट जनतालाई समृद्ध र सुखी बनाउन सक्दैनौँ, त्यसैले हामीले अंगाल्दै आएको विकासको ढाँचामा कमजोरी भएको विषयलाई नीति तथा कार्यक्रमले आत्मसात् गरेको छ’ सांसद न्यौपानेले भनिन्।

images
images

संघका १८ हजार आयोजनामध्ये कतिपय आयोजना अलपत्र र अनावश्यक हुँदा सोचेजस्तो विकास हुन सकेको पनि उनले बताइन्। अब विकासको मोडल परिवर्तन गर्नुपर्छ भन्ने कुरालाई पहिलोपटक नीति कार्यक्रमले आत्मसात् गरेको उनकाे दाबी छ। यसअघिका उठाएका विषयलाई सम्बोधन हुनेगरी नीति तथा कार्यक्रम आएको उनको भनाइ छ।

images
images

नीति तथा कार्यक्रममा कार्यान्वयन गर्न सकिने विषय मात्रै समावेश गरिएको उनले बताइन्। साथै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र पुनरुत्थानवादको प्रतिवाद गर्ने, संविधानको रक्षा, संशोधन र कार्यान्वयन, राजनीतिक स्थायित्वलगायत विषय नीति कार्यक्रमका सकारात्मक पक्ष भएको सांसद न्यौपानेले दाबी गरेकी छन्। रासस 


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२१४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend