शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चितवनमा स्काइवेलकाे शाेरुम सञ्चालनमा आउँदै, सुरु भयो बुकिङ

मंगलबार, वैशाख २३ २०८२
चितवनमा स्काइवेलकाे शाेरुम सञ्चालनमा आउँदै, सुरु भयो बुकिङ

उक्त कम्पनीले सोमबार भरतपुर चितवनका लागि आफ्नो आधिकारिक बिक्रेताको रुपमा एचथ्रीआरलाई नियुक्त गरेको र त्यहाँबाट सवारी बुकिङसमेत सुरु भइसकेकाे छ।

काठमाडौं- चितवनमा स्काइवेल ईभीका आधिकारिक बिक्रेतामा एचथ्रीआर मोटर्स नियुक्त भएको छ। आधिकारिक बिक्रेता बनेकाे एचथ्रीआर मोटर्सले धमाधम शोरुम निर्माण गरिरहेको छ। अबको केही दिनमा उक्त शोरुम सञ्चालनमा आउनेछ। 

चिनियाँ प्रिमियम विद्युतीय सवारी उत्पादक स्काइवेल मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता जी मोटर्स रहेको छ। उक्त कम्पनीले सोमबार भरतपुर चितवनका लागि आफ्नो आधिकारिक बिक्रेताको रुपमा एचथ्रीआरलाई नियुक्त गरेको र त्यहाँबाट सवारी बुकिङसमेत सुरु भइसकेकाे छ।

skywell chitwan1.jpg

सोमबारदेखि एचथ्रीआर मोटर्सले स्काइवेल ईभीको व्यापारिक गतिविधिको सुरुवात गरिसकेको जीमोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए। शोरुम शुभारम्भकै दिन एचथ्रीआर मोटर्सले पहिलो ग्राहक कृष्ण रेग्मीले स्काइवेलको ५ सय २० किलोमिटर रेन्ज दिने बीई११ बुकिङ गरेको कम्पनीले जनाएको छ। 

‘सोमबारबाट चितवन क्षेत्रका ग्राहकले एचथ्रीआर मोटर्सबाट स्काइवेलका प्रोडक्टहरु टेस्ट ड्राइभ तथा बुकिङ गर्न र खरिद गर्न सक्नुहुनेछ। उपभोक्ताले गाडीसँगै बिक्रि पश्चातका सेवा र पार्ट्स सर्वसुलभ रुपमा प्राप्त गर्नुहुनेछ’, गेलाले भने। 


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२१४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend