काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। यो साता आइतबार घटेर सोमबार प्रतितोला पाँचसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार एकैदिन प्रतितोला ५ हजार ३ सय रूपैयाँले बढेको हो।
मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ९ सय रूपैयाँ तोकिएको छ।
यो साता सोमबार सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रूपैयाँले वृद्धि भएको छ।
सोमबार प्रतितोला एक हजार ९ सय १० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला एक हजार ९ सय ६५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।