काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले वृद्धि भएको छ।
यो साता आइतबार प्रतितोला एक लाख ८४ हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदी सोमबार प्रतितोला एक हजार ९ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।