शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार, वैशाख २२ २०८२
प्रतितोला ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला एक हजार ९ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले वृद्धि भएको छ।

यो साता आइतबार प्रतितोला एक लाख ८४ हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी सोमबार प्रतितोला एक हजार ९ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, वैशाख २२ २०८२११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend