शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

केई एक्सचेन्ज कार्निभल वैशाख २६ देखि हुने, कार्निभलमा यस्ता छन् सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २० २०८२
केई एक्सचेन्ज कार्निभल वैशाख २६ देखि हुने, कार्निभलमा यस्ता छन् सुविधा

त्यसैगरी कार एक्सचेन्ज तथा खरिद गर्ने ग्राहकले बीमा, सडक दस्तुर छुटका साथै एक्सचेन्ज बोनस लगायतका फाइदा लिन सक्नेछन्।

काठमाडौं- नेपालका लागि केई ईभीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स र लक्ष्मी ई-मोबिलिटीले संयुक्त रुपमा केई एक्सचेन्ज कार्निभल २०८२ आयोजना गर्ने भएका छन्। 

काठमाडौंको थापाथलीस्थित केई शोरुम तथा पारिपट्टी रहेको हुन्डाईको शोरुममा आगामी वैशाख २६ देखि २८ गतेसम्म उक्त कार्निभल हुने भएको छ।

सो कार्निभलमा पुराना गाडीसँग ईक्युट टू, ईक्युट फोर र एक्स३ प्रो गरी केई ईभीका तीन मोडल विशेष अफरका साथ साट्न सकिने छ। ग्राहकले पुराना कुनै पनि ब्रान्डका गाडीको तत्कालै भ्यालुएसनका साथै बेस्ट रिसेल भ्याल्यु पाउने छन्। हरेक एक्सचेन्जमा आकर्षक नगद छुटका साथै प्रत्येक भ्यालुएसन वापत जोडीका लागि क्युएफएक्समा मुभी टिकटसमेत प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

त्यसैगरी कार एक्सचेन्ज तथा खरिद गर्ने ग्राहकले बीमा, सडक दस्तुर छुटका साथै एक्सचेन्ज बोनस लगायतका फाइदा लिन सक्नेछन्।

प्रत्येक बुकिङ वापत ईक्युट गाडी बुकिङ गर्ने ग्राहकले बोस जेट कार वासर र एक्स३ प्रो बुकिङ गर्ने ग्राहकले बोस वासिङ मेसिन उपहार पाउने छन्।

सबै उमेर समूहका व्यक्तिहरुका लागि इभेन्ट मनोरञ्जनात्मक बनाउन पारिवारिक मनोरञ्जन, गेम र म्युजिकको व्यवस्थासमेत गरिएको कम्पनीको भनाइ छ।


प्रकाशित : शनिबार, वैशाख २० २०८२१६:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend