बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

डिजिटल वित्तीय सेवाले खोलिदिएको छ नयाँ सम्भावना

images
शनिबार, वैशाख २० २०८२
images
डिजिटल वित्तीय सेवाले खोलिदिएको छ नयाँ सम्भावना

डिजिटल वित्तीय सेवाका कारण बैंकको सञ्चालन प्रक्रियालाई न्यून खर्चमा प्रभावकारी बनाउनुका साथै प्रक्रियालाई छोटो बनाएको छ। साथै नगदमा भएको निर्भरता घटाउन पनि यसले सहयोग पुर्‍याएको छ।

images
images

काठमाडौं- केही वर्षअघिसम्म मात्रै पनि बिजुलीको बिल तिर्न लामो यात्रा तय गर्नुपर्ने बाध्यता थियो। दुर्गममा मात्रै होइन सहरी क्षेत्रमा पनि यो समस्या थियो। तर केही वर्षयता यस क्षेत्रमा व्यापक सुधार भएको छ। भुक्तानीका लागि घण्टौँ लाइन लाग्नुपर्छ भन्ने अवस्था इतिहास बनेको छ।

images
images
images

बैंकिङ क्षेत्रमा प्रविधिले ल्याएको क्रान्तिको एउटा उदाहरण अनलाइन भुक्तानीलाई मान्न सकिन्छ। प्रविधिकै कारणले नगद बोक्नुपर्ने बाध्यता हटेको छ, भुक्तानी प्रणाली सहज र सुरक्षित बनेको छ। प्रविधिले बैंकिङ क्षेत्रका साथै बजार र उपभोक्तालाई पनि प्रविधिमैत्री बनाउनका लागि ठूलो सहयोग गरेको छ। 

images
images

पछिल्ला केही वर्षमा प्रविधिमा आएको तीव्र प्रगतिको प्रभाव नेपाली बैंकिङ क्षेत्रमा पनि उल्लेखनीय रूपमा परेको देखिन्छ। इन्टरनेट, मोबाइल एप, क्यूआर कोड, डिजिटल वालेट तथा कृत्रिम बौद्धिकता (एआई) जस्ता प्रविधिले बैंकिङ सेवाको स्वरूप र पहुँचमा आमूल परिवर्तन ल्याएको छ।

images
images

बैंकहरूले अपनाएको प्रविधिका कारण ग्राहकले अब घरमै बसी मोबाइल फोनबाटै खाताको विवरण हेर्न, पैसा ट्रान्सफर गर्न, बिल तिर्न, ऋणको आवेदन दिन मिल्ने सुविधा सामान्य लाग्न थालेका छन्। त्यति मात्रै होइन, चौबिसै घण्टा र सातैदिन, जुनसुकै स्थानबाट प्रयोग गर्न सकिने भएकाले बैंकको सेवा प्रवाह थप सहज, सुरक्षित र पारदर्शी बनेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार देशभर डिजिटल कारोबारको संख्या र परिमाण दुवै तीव्र गतिमा बढिरहेको छ। केन्द्रीय बैंकका अनुसार अहिले एक महिनामा क्यूआर कोड स्क्यानमार्फत मात्रै ८० अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी हुन थालेको छ जुन एक वर्षको तुलनामा करिब ९० प्रतिशतले बढी हो। साथै मोबाइल बैंकिङमार्फत हुने कारोबार रकम मासिक चार खर्ब रुपैयाँभन्दा बढी छ, जुन एक वर्षको तुलनामा करिब ४३ प्रतिशतले बढी हो। यसले बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगको महत्व दर्शाउँछ। 

भुक्तानीका क्षेत्रमा मात्रै होइन, बैंकहरू आ-आफ्ना डिजिटल प्लेटफर्ममार्फत ग्राहकलाई विभिन्न सुविधा दिनेमा पनि निकै अगाडि छन्। कृत्रिम बौद्धिकता, ब्लकचेन र मेसिन लर्निङ प्रविधिको प्रयोग गरी ग्राहक सेवा अझै प्रभावकारी बनाउने प्रयास भइरहेको छ।

नबिल बैंकले हुवावे टेक्नोलोजिजसँगको सहकार्यमा प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई सहज बनाउन थालेका लामो समय भइसकेको छ। बैंकले हुवावेकै क्लाउड प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स तथा मेसिन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ-६ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट प्रविधिमा आधारित परिवर्तनको प्रक्रियालाई आन्तरिक सञ्चालन दक्षता अझ तीव्र बनाइहेको छ।

प्रविधिको महत्वलाई आत्मसात गर्दै बैंकले डिजिटल बैंकिङको यात्रामा आफूलाई अग्रणी बैंकका रुपमा स्थापित नै गरिसकेको छ। जसको उदाहरण बैंकले तीन वर्षअघि सुरु गरेको नबिल डिजी बैंक पोर्टललाई लिन सकिन्छ। डिजी बैंकमार्फत ग्राहकले एकद्वार प्रणालीमार्फत घरमै बसीबसी अनलाइन सेवाहरू प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको छ।

स्थापनादेखि नै पहिलो कम्प्युटराइज्ड बैंकका रुपमा सेवा सुरु गरेको नबिलले हाल डीजी बैंकमार्फत ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत उत्पादन/सेवालाई स्वचालित बनाएको छ। डीजी बैंकमार्फत अनलाइन फिक्स्ड डिपोजिट, डेबिट तथा क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल तथा एसएमई कर्जा आवेदनलगायतका सेवा बैंकले उपलब्ध गराइरहेको छ। 

त्यतिमात्रै होइन, बैंकले उक्त सेवामा हाल भिडियो प्रमाणीकरणबाट खाता खोल्न (भीकेवाईसी) र भर्चुअल आईकार्डलगायतका सुविधा पनि उपलब्ध छ। भीकेवाईसीको सुरुवातसँगै ग्राहकहरूसँग केवाईसी प्रमाणीकरणका लागि केवाईसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेस गर्न मिल्ने सुविधा उपलब्ध भएको छ।

परिवर्तन केवल सहरमा सीमित छैन, ग्रामीण भेगसम्म पुग्ने बाटो बनाउँदैछ। प्रविधिको सशक्तिकरणसँगै बैंकिङ अब केवल सेवा नभएर नागरिक अधिकारजस्तै सहज र सार्वभौम बन्ने दिशातर्फ उन्मुख छ।

नबिल बैंकले सुरु गरेको च्याटबटको माध्यमबाट ग्राहकसँग संवाद गरी निक्षेप, कर्जा, शाखा तथा एटीएम, नबिल आइकार्ड, नबिल जेन अल्फालगायतका सेवाबारे जानकारी लिन मिल्ने सुविधा पनि प्रविधिकै प्रतिफलका रुपमा लिन सकिन्छ। यसले भर्चुअल ब्रान्चको अवधारणामा काम सुरु गरिसकेको छ। 

पछिल्लो समय नेपालमा फिनटेक कम्पनीहरूको उल्लेखनीय वृद्धिले पनि बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा नयाँ प्रविधिमा आधारित सेवा ल्याउन सहयोग गरिरहेका छन्। विगतमा मानव संशाधनमार्फत दिइने सेवामा सीमित बैंकिङ ग्राहक सेवा अहिले बिस्तारै एआई प्रणालीद्वारा सञ्चालित हुन थालेका छन्। 

पछिल्लो समयमा त बैंकमा एआईमार्फत जोखिम मूल्यांकन, ऋण स्वीकृति प्रक्रिया, ग्राहकको व्यवहार विश्लेषण र धोखाधडी पत्ता लगाउने प्रणालीमा उल्लेखनीय सुधार आइसकेको छ। 

नेपाल राष्ट्र बैंकले पनि केन्द्रीय बैंक डिजिटल मुद्राको सम्भाव्यता अध्ययन अगाडि बढाएको छ। यो लागु भएमा भविष्यमा डिजिटल रुपैयाँको प्रयोग बढी हुने सम्भावना पनि छ। यसले नगदरहित कारोबारलाई अझ प्रोत्साहन गर्नेछ।

नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको क्रान्तिले वित्तीय समावेशीताका क्षेत्रमा पनि ठूलो योगदान गरेको छ। दूरदराजका गाउँमा समेत मोबाइलमार्फत बैकिङ सेवा पुगेको छ। यसबाट सबै वर्ग, समुदाय, क्षेत्र, भूगोलमा बैंकिङ सेवाको पहुँच छिटो र समानरुपले पुगेको छ। 

प्रविधिको प्रयोगले सेवाप्रवाह सहज हुनुका साथै वित्तीय पहुँच विस्तारमा ठूलो भूमिका खेलेको छ। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका मानिसहरूलाई बैंकिङ क्षेत्रको पहुँचमा ल्याउनका लागि सहज भएको छ। यसले वित्तीय प्रणालीबाट बाहिर रहेका समुदायहरूलाई आर्थिक प्रवाहमा समेट्न ठूलो काम गरेको छ। 

डिजिटल वित्तीय सेवाका कारण बैंकको सञ्चालन प्रक्रियालाई न्यून खर्चमा प्रभावकारी बनाउनुका साथै प्रक्रियालाई छोटो बनाएको छ। साथै नगदमा भएको निर्भरता घटाउन  पनि यसले सहयोग पुर्‍याएको छ।

त्यसैगरी साना तथा मझौला उद्यम (एसएमईज)का लागि नयाँ सम्भावनाहरू खोलिदिएको छ। अनलाइन भुक्तानीदेखि ऋण आवेदन र अन्तर-शाखा रकम स्थानान्तरणसम्मका सुविधाका कारण स्थानीय व्यवसायहरूलाई पनि ई-कमर्स सक्षम बजारसम्म पुर्‍याउन सहयोग गरेको छ। यसले नवप्रवेशी र साना व्यवसायहरूलाई डिजिटल ऋण र माइक्रोफाइनान्सजस्ता अत्यावश्यक पूँजीसम्म सहज पहुँच दिलाउने काम गरेको छ।

जसरी प्रविधिको प्रयोगले बैंकिङ क्षेत्रले छोटो समयमा आमूल परिवर्तन महसुस गरेको छ, त्यति नै चुनौती पनि थपिएको छ। डिजिटल सेवा विस्तारसँगै साइबर सुरक्षा सबैभन्दा ठूलो चुनौतीका रूपमा देखा परेको छ। 

डिजिटल प्रणालीमा भएका ह्याकर आक्रमण, डाटा चोरी र फिसिङबाट जोगिन बैंकहरूले सूचना प्रविधिमा ठूला लगानी गरिरहेका छन्। यसबाट बच्नका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई प्राविधिक पूर्वाधार सुदृढीकरण, ग्राहक सचेतना अभिवृद्धि, र साइबर हमलाबाट सुरक्षा गर्ने उपायहरूमा समेत लगानी बढाएका छन्।


प्रकाशित : शनिबार, वैशाख २० २०८२१३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend