शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तोलामा ७ सय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार, वैशाख १७ २०८२
तोलामा ७ सय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला ५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- मंगलबार तोलामा पाँचसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार भने प्रतितोला ७ सय रूपैयाँले घटेको छ।

बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार एकसय रूपैयाँ तोकिएको छ।

यो साता मंगलबार सुन प्रतितोला एक लाख ८८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज प्रतितोला ५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार प्रतितोला एक हजार ९ सय ७० रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ९ सय ६५ रूपैयाँ तोकिएको छ।


प्रकाशित : बुधबार, वैशाख १७ २०८२१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend