शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार, वैशाख १६ २०८२
प्रतितोला पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ।

काठमाडौं- स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ।

मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार प्रतितोला एक लाख ८८ हजार तीनसय रूपैयाँमा खरिदबिक्री भएको थियो।

चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७० रूपैयाँ कायम भएको छ। यो साता सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार तीनसय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend