शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

आइतबार, वैशाख १४ २०८२
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

चाँदी आज तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको घटेको छ।

सुनको मूल्य आज तोलामा एकसय रूपैयाँले बढेर प्रतितोला एक लाख ८९ हजार ७ सय रूपैयाँ कायम भएको छ।

गएको शुक्रबार सुन प्रतितोला एक लाख ८९ हजार ६ रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदी आज तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।


प्रकाशित : आइतबार, वैशाख १४ २०८२११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend