शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

सन् २०२५ को तीन महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २२ लाख ६३ हजारले गरे हवाई यात्रा

आन्तरिकतर्फ १० लाख ७८ हजार र अन्तर्राष्ट्रियतर्फ ११ लाख ८५ हजारले गरे हवाई यात्रा

images
शुक्रबार, वैशाख १२ २०८२
images
सन् २०२५ को तीन महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २२ लाख ६३ हजारले गरे हवाई यात्रा

सन् २०२५ को तीन महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २२ लाख ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन्।

images
images

काठमाडौं- सन् २०२५ को तीन महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २२ लाख ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन्।

images
images
images

विमानस्थल कार्यालयका प्रमुख जगनाथ निरौलाका अनुसार जनवरी, फेब्रुअरी र मार्च महिनामा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २२ लाख ६३ हजार ५ सय ६९ जनाले हवाई यात्रा गरेका हुन्।

images
images

तथ्यांकअनुसार याे तीन महिनामा आन्तरिकतर्फ भन्दा अन्तर्राष्ट्रियतर्फ हवाई सेवा लिने यात्रु बढी छन्।

images
images

याे अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी २९ हजार ७ सय ५९ वटा उडान तथा अवतरण भएका छन्। जसमा अन्तर्राष्ट्रियतर्फ ७ हजार ४ सय ४३ वटा र आन्तरिकतर्फ २२ हजार ३ सय १६ वटा उडान तथा अवतरण भएका छन्।

अन्तर्राष्ट्रिय हवाई यात्रुमात्रै ११ लाख ८५ हजार

विमानस्थल कार्यालयका अनुसार सन् २०२५ को पहिलो ३ महिनामै ११ लाख ८५ हजार ९० जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। जसमा नेपालबाट बाहिरिने हवाई यात्रुको संख्या ६ लाख ३ सय ६१ जना रहेको छ भने नेपाल भित्रिनेको संख्या ५ लाख ८४ हजार ७ सय २९ जना रहेको छ।

३ महिनामा ७ हजार ४ सय ४३ वटा उडान तथा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ। जसमा ३ हजार ७ सय २२ वटा उडान र ३ हजार ७ सय २१ वटा अवतरण भएको छ।

विमानस्थल कार्यालयले दिएको तथ्यांकअनुसार जनवरीमा ३ लाख ८७ जार ३४ जना, फेब्रुअरीमा ३ लाख ७३ हजार ५ सय ३४ जना र मार्चमा ४ लाख २४ हजार ५ सय २२ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

जनवरीमा नेपालबाट बाहिरिने यात्रुको संख्या १ लाख ९१ हजार ८ सय ३० रहेको थियो भने नेपाल भित्रिने यात्रुको संख्या १ लाख ९५ हजार २ सय ४ जना रहेको छ। 

फेब्रुअरीमा नेपालबाट बाहिरिने हवाई यात्रुको संख्या १ लाख ८७ हजार ९ सय १ रहेको थियो भने नेपाल भित्रिने यात्रुको संख्या १ लाख ८५ हजार ६ सय ३३ रहेको छ।

यसैगरी मार्चमा नेपालबाट बाहिरने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या २ लाख २० हजार ६ सय ३० रहेको थियो भने नेपाल भित्रिने हवाई यात्रुको संख्या २ लाख ३ हजार ८ सय २९ रहेको छ। 

विमानस्थल कार्यलयका अनुसार जनवरीमा २ हजार ४ सय ५८, फेब्रुअरीमा २ हजार २ सय ७५ र मार्चमा २ हजार ७ सय १० वटा उडान तथा अवतरण भएको छ।

यसैगरी सन् २०२५ कै तीन महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३ हजार ६ सय ५१ टन सामान नेपालबाट बाहिरिएको छ भने २ हजार ५ सय ८७ टन सामान नेपाल भित्रिएको छ।

आन्तरिकतर्फ १० लाख ७८ हजारले गरे हवाई यात्रा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०२५ को ३ महिनामा १० लाख ७८ हजार ४ सय ७९ जनाले आन्तरिक हवाई यात्रा गरेका छन्। जसमा काठमाडौंबाट बाहिरिने हवाई यात्रुको संख्या ५ लाख ४८ हजार ३ सय ५७ र बाहिरबाट काठमाडौं भित्रिने हवाई यात्रुको संख्या ५ लाख ३० हजार १ सय १३ जना रहेको छ।

विमानस्थल कार्यालयका अनुसार जनवरीमा ३ लाख १२ हजार ९ सय २६ जना, फेब्रुअरीमा ३ लाख ५७ हजार ७ सय ६९ जना र मार्चमा ४ लाख ७ हजार ७ सय ७५ यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्।

यसैगरी तीन महिनामा आन्तरिकतर्फ ११ हजार १ सय ६५ टेकअफ र ११ हजार १ सय ५१ पटक जहाज ल्यान्ड भएका छन्। जसमा जनवरीमा ६ हजार ३ सय ३८, फेब्रुअरीमा ६ हजार ९ सय १४ र मार्चमा ९ हजार ६४ वटा टेकअफ तथा ल्यान्ड भएका छन्।

आन्तरिकतर्फ बुद्धको बजार हिस्सा ५८.३३ प्रतिशत

याे अवधिमा आन्तरिकतर्फ बुद्धले मात्र‌ै ६ लाख २९ हजार ५ सय जनालाई आन्तरिक हवाई सेवा दिएको छ। यो कुल आन्तरिक हवाई यात्रु संख्याको ५८.३३ प्रतिशत हो।

यसैगरी दोस्रो बढी यात्रु बोक्न एयरलाइन्य यती हो। यती एयरलाइन्सले ३ महिनामा २ लाख ३४ हजार १ सय ४७ जनालाई आन्तरिक हवाई सेवा दिएको छ। यो संख्या कुल आन्तरिक हवाई यात्रुको २१.७१ प्रतिशत हो।

यस्तै, तेस्रो बढी यात्रु बोक्ने एयर श्री एयरलाइन्स हो। श्रीले तीन महिनामा १ लाख ९६ हजार १६ जनालाई आन्तरिक हवाई सेवा दिएको छ। जुन कुल हवाई यात्रु संख्याको १८.१७ प्रतिशत हो।


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend