शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

'वाइवाइ थोक बिक्रेता उपहार योजना' अन्तर्गत रामेश्वर तिवारीले जिते नेटा भी कार

बिहीबार , वैशाख ११ २०८२
'वाइवाइ थोक बिक्रेता उपहार योजना' अन्तर्गत रामेश्वर तिवारीले जिते नेटा भी कार

यस्तै, यो योजनाअन्तर्गत ५ जनाले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन् भने अन्य ५ जनाले एलजी टीभी र १० जनाले एलजी फ्रिज जितेका छन्।

काठमाडौं- वाइवाइ चाउचाउले थोक बिक्रेताहरुलाई लक्षित गर्दै सञ्चालन गरेको ‘थोक बिक्रेता उपहार योजना’ अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका सञ्चालक रामेश्वर तिवारीले नेटा भी कार जित्न सफल भएका छन्। तिवारीलाई वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बुधबार ललितपुरमा आयोजित विशेष कार्यक्रममा कार हस्तान्तरण गरेका छन्।

काठमाडौं, भक्तपुर र ललितपुरका थोक बिक्रेताहरुलाई लक्षित गर्दै सञ्चालन गरिएको थोक बिक्रेता उपहार योजनाअन्तर्गत प्रत्येक ५० कार्टुन वाइवाइ चाउचाउ खरिद गर्दा थोक बिक्रेताहरुलाई पहेँलो कुपन र ५ सय कार्टुन खरिद गर्दा हरियो कुपन प्रदान गरिएको थियो, जसबाट थोक बिक्रेताहरुले लक्की ड्रमा समावेश हुने अवसर प्राप्त गरेका थिए।

लक्की ड्रमार्फत भाग्यशाली थोक बिक्रेताहरुले नेटा भी गाडी, हिरो एक्सपल्स मोटरसाइकल, एलजी टेलिभिजन, एलजी फ्रिज, शाश्वत धाम घुम्ने प्याकेज, स्मार्ट वाचजस्ता उपहार जित्न सक्ने वाइवाइले घोषणा गरेको थियो।

नेटा भी कार जितेको खुसी साट्दै तिवारीले भने, 'वाइवाइ अहिले प्रत्येक नेपालीको पहिलो रुचिको चाउचाउ बनिसकेको छ। यो पुरस्कारप्रति म निकै आभारी छु। यस्तो हौसलाले थोक बिक्रेताहरुलाई अझै प्रेरित गर्छ।'

यही योजनाअन्तर्गत काठमाडौंको केएबी स्टोर, राम एण्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्वल स्टोर र ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन्। त्यस्तै, उपत्यकाका ५ थोक बिक्रेताले ५५ इन्चको एलजी टिभी, १० थोक बिक्रेताले एलजीको फ्रिज, ५० जनाले साश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन्।

कार्यक्रममा बोल्दै वाइवाइका सीईओ पुडासैनीले वाइवाइको सफलताको श्रेय नेपाली उपभोक्ताको वाइवाइ प्रतिको माया र वितरण सञ्जालमा संलग्न सबै साझेदारलाई जाने बताए। 'हामी वाइवाइमा ग्राहक, थोक बिक्रेता र खुद्रा बिक्रेताप्रति प्रतिबद्ध छौँ। गुणस्तरीय उत्पादनमा निरन्तर ध्यान दिने र उपभोक्ताको आकांक्षा सम्बोधन गर्ने हाम्रो लक्ष्य हो,' उनले भने।


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend