शनिबार, साउन १० गते २०८२    
शनिबार, साउन १० २०८२
images
images

प्रतितोला दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

images
बिहीबार , वैशाख ११ २०८२
images
images
प्रतितोला दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

बिहीबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले वृद्धि हुँदा चाँदी पनि प्रतितोला ४५ रूपैयाँले महँगिएको छ।

images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले वृद्धि भएको छ। लगातार उचाइतर्फ लागेर रेकर्ड बनाइरहेको सुनको मूल्य बुधबार प्रतितोला ७ हजार ५ सय रूपैयाँले घटेकोमा बिहीबार पुन: बढेको हो।

images
images

बुधबार प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

यो साता आइतबार स्थिर रहेर सोमबार र मंगलबार कीर्तिमानी बिन्दुमा पुगेको थियो। मंगलबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ९७ हजार ९ सय रूपैयाँ पुगेको थियो।

images
images
images

चाँदी आज तोलामा ४५ रूपैयाँले बढेर प्रतितोला दुई हजार १० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend