शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

बिहीबार , वैशाख ११ २०८२
प्रतितोला दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

बिहीबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले वृद्धि हुँदा चाँदी पनि प्रतितोला ४५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले वृद्धि भएको छ। लगातार उचाइतर्फ लागेर रेकर्ड बनाइरहेको सुनको मूल्य बुधबार प्रतितोला ७ हजार ५ सय रूपैयाँले घटेकोमा बिहीबार पुन: बढेको हो।

बुधबार प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यो साता आइतबार स्थिर रहेर सोमबार र मंगलबार कीर्तिमानी बिन्दुमा पुगेको थियो। मंगलबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ९७ हजार ९ सय रूपैयाँ पुगेको थियो।

चाँदी आज तोलामा ४५ रूपैयाँले बढेर प्रतितोला दुई हजार १० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend