शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

सुनको मूल्यमा भारी गिरावट, एकैदिन प्रतितोला ७ हजार ५ सय रूपैयाँले घट्यो

images
बुधबार, वैशाख १० २०८२
images
सुनको मूल्यमा भारी गिरावट, एकैदिन प्रतितोला ७ हजार ५ सय रूपैयाँले घट्यो

बुधबार सुनको मूल्य प्रतितोला ७ हजार ५ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- लगातार उचाइतर्फ लागेर रेकर्ड बनाइरहेको सुनको मूल्यमा बुधबार भने भारी गिरावट आएको छ। बुधबार एकैदिन सुनको मूल्य तोलामा ७ हजार ५ सय रूपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँ कायम भएको छ।

images
images
images

यो साता आइतबार स्थिर रहेर सोमबार र मंगलबार कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य बुधबार भने उच्च बिन्दुबाट ओरालो लागेको हो। सोमबार सुनको मूल्य एक लाख ९१ हजार रूपैयाँ थियो भने मंगलबार सुन तोलामा ६ हजार ९ सयले बढेर प्रतितोला एक लाख ९७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

images
images

मंगलबार प्रतितोला १० रूपैयाँले बढेको चाँदीको मूल्य पनि बुधबार प्रतितोला ५ रूपैयाँले घटेको छ।

images
images

मंगलबार प्रतितोला एक हजार ९ सय ७० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ९ सय ६५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, वैशाख १० २०८२११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend