शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’, देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू

मंगलबार, वैशाख ९ २०८२
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’, देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू

काठमाडौ- नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पि विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरू गरेको छ। नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो। 

यो क्याम्प वैशाख १०, ११ र १२ गते (तदनुसार अप्रिल २३, २४, र २५, २०२५) मा देशव्यापी रूपमा सञ्चालन भइरहेको छ। यो सर्भिस क्याम्प काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ सञ्चालन भइरहेको छ। 

‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेक-अप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन्। यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ नि:शुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन।

त्यस्तै ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २०% छुट प्राप्त गर्नेछन्, अनि १५ प्रतिशत छुट मा ‘बडि सप जब्स’ सुविधा लिन सक्नेछन्। त्यसैगरी ल्युब्रिकेन्ट, ‘फिल्टर पार्ट्स’, र ‘ब्रेकप्याड तथा सु’मा १०% छुटबाट लाभान्वित हुन सक्ने कम्पनीको भनाइ छ। 

यो योजना, ग्राहकका निसान गाडीहरूको विशेष छुटका साथ चेक-अप तथा सर्भिसिङ गर्ने भव्य अवसर हो। यस क्याम्पअन्तर्गतका सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन्। पायोनियर मोटो कर्प, यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले ग्राहकलाई मनसुनको लागि तयार रहन मद्दत गर्ने र ग्राहकको गाडी स्वामित्व अनुभवमा सहजता थप्ने विश्वास  कम्पनीले गरेको छ।

पायोनियर मोटो कर्प, सम्पूर्ण ग्राहकहरूलाई आफ्नो नजिकको चेकपोइन्टमा गएर यो ‘निसान प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’मा छुट तथा सुविधाहरूबाट लाभान्वित लिन सकिने कम्पनीले जनाएको छ।

पायोनिर मोटो कर्पको बारेमा

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड, नेपालको लागि निसान मोटर कम्पनिको आधिकारिक वितरक हो। सन् २०१४ मा स्थापित यो कम्पनिले जापान, थाइल्यान्ड र भारतस्थित निसानको प्लान्टबाट सवारी साधन आयात, तथा निसानको सम्पूर्ण मोडलको गाडीका लागि विक्री, सर्भिसिङ र पाटपुर्जा आदि सुविधा उपलब्ध गराउँदै आएको छ।

कम्पनिको हाल नेपालभर १३ वटा सशक्त टचपोइन्टहरूको सञ्जाल रहेको छ। थप जानकारीका लागि https://nissan-nepal.com/ मा जान सकिने छ।


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२२१:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend