शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला ६ हजार ९ सय रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुग्यो सुन

मंगलबार, वैशाख ९ २०८२
प्रतितोला ६ हजार ९ सय रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुग्यो सुन

मंगलबार सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रूपैयाँले वृद्धि हुँदा चाँदी पनि प्रतितोला १० रूपैयाँले महँगिएको छ।

काठमाडौं- लगातार उचाइतर्फ लागेको सुनको मूल्य मंगलबार हालसम्मकै उच्च प्रतितोला एक लाख ९७ हजार ९ सय रूपैयाँ पुगेको छ। मंगलबार प्रतितोला ६ हजार ९ सय रूपैयाँले बढेर सुन कीर्तिमानी बिन्दुमा पुगेको हो। 

यो साता आइतबार स्थिर रहेर सोमबार तोलामा १२ सय रूपैयाँले बढ्दै प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुगेर कीर्तिमान कायम गरेको सुनको मूल्य मंगलबार पुन: नयाँ उचाइमा पुगेको हो।

लगातार दुईदिन स्थिर रहेको चाँदीको मूल्य भने मंगलबार प्रतितोला १० रूपैयाँले  वृद्धि भएको छ।

सोमबार प्रतितोला एक हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला एक हजार ९ सय ७० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend